सिरहामा अवैध हतियारसहित दुई भारतीय नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250422_164545

सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गीचोक नजिकैबाट अवैध हतियारसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी चौकी कचनारीबाट खटिएको चेकिङ टोलीले भारततर्फ जाँदै गरेको नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल (चेसिस नं. MBLHA1 1 AEE9B23324) रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित ग्रामपंचायत पिपराही–कमलपुर निवासी धर्मेन्द्र सिंहका १९ वर्षीय छोरा राजिव सिंह र सोही स्थानका फुलेश्वर सिंहका १९ वर्षीय छोरा प्रिन्स सिंह रहेका छन्। प्रिन्स सिंहको कम्मरमा लुकाइएको एक थान कटुवा पेस्तोल र ट्र्याक सुटको गोजीमा लुकाइएको एक राउन्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।पक्राउ परेका दुबै जनालाई मोटरसाइकल, पेस्तोल र गोलीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ल्याइएको र सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >