बारा प्रहरीले १० लाख ८० हजार रुपैयाँ बराबरको ६ किलो चाँदी बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1745407732050

बारा प्रहरीले १० लाख ८० हजार रुपैयाँ बराबरको छ किलो चाँदी बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय बारा अनुसार मंगलबार साँझ साढे पाँच बजेको समयमा प्रहरी चौकी पथलैया बाराबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले सो चाँदी बरामद गरेको हो।चार रोलमा रहेको विभिन्न किसिमको चाँदीको रेडिमेड गहना प्रहरीले बरामद गरेको जनाएको छ।जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सो चाँदी एक यात्रुवाहक बसबाट बरामद गरिएको हो।वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी जाँच गर्दा बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने रेडिमेट गहना प्रहरीले वरामद गरेको हो।सो गहनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >