बारा प्रहरीले १० लाख ८० हजार रुपैयाँ बराबरको छ किलो चाँदी बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय बारा अनुसार मंगलबार साँझ साढे पाँच बजेको समयमा प्रहरी चौकी पथलैया बाराबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले सो चाँदी बरामद गरेको हो।चार रोलमा रहेको विभिन्न किसिमको चाँदीको रेडिमेड गहना प्रहरीले बरामद गरेको जनाएको छ।जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सो चाँदी एक यात्रुवाहक बसबाट बरामद गरिएको हो।वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी जाँच गर्दा बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने रेडिमेट गहना प्रहरीले वरामद गरेको हो।सो गहनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।