बारा, वैशाख १९ –नेपाल–भारत सीमामा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको प्रहरीले शनिबार बारा जिल्लाको परवानीपुरमा भन्सार छली प्रयास विफल बनाएको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका कपडा र साडीसहितका सामाग्री प्रहरीले बरामद गरेको छ।प्रहरीका अनुसार टाउकोमा भारी बोक्दै साइकलमा सीमातर्फ गइरहेका व्यक्तिले प्रहरी टोली देख्नेबित्तिकै सामान र साइकल छाडेर फरार भएका थिए। इकाई प्रहरी कार्यालय (ईप्रका) प्रसौनीबाट खटिएको टोलीले बारा परवानीपुर गाउँपालिका–५ स्थित गण्डक चौकबाट करिब ३०० मिटर पश्चिमतर्फ ती सामानहरू नियन्त्रणमा लिएको हो।बरामद सामाग्रीमा समावेश छन्:* तानाको कपडा – २० थान* लेडिज भेष्ट (ब्लाउज) – ८७ पिस* साडी – २० पिसजम्मा अनुमानित मूल्य: रु. ४२,०००।–घटनास्थलमा मानिस फरार भएकोले प्रहरीले उनको पहिचान र खोजी कार्य सुरु गरिसकेको छ। सबै बरामद सामग्री हाल ई.प्र.का. प्रसौनीमा राखिएको छ।प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले भन्सार छली नियन्त्रणमा सक्रियता देखाउँदै आइरहेको छ। प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा तस्करी र भन्सार छलीका घटना बढिरहेको हुँदा निगरानी थप कडा पारिएको छ।यसरी सीमामा कडाइ बढाउँदै लगेको सुरक्षा संयन्त्रले भन्सार छली र तस्करीमा संलग्न गिरोहहरूलाई ठूलो झट्का दिएको छ।