सिराहाको गोलबजारमा दुई थान भरुवा बन्दुक फेला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250503_184733

सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।जंगली जनावरको सिकार गर्न आएकाहरूले प्रहरी आएको सूचना पाएपछि बन्दुक फालेर भागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। गाउँनजिकै बन्दुक पड्किएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट गएको प्रहरी टोलीले शनिबार बिहान साढे १० देखि पौने १२ बजेको अवधिमा दुई थान भरुवा बन्दुक फेला पारेको हो।गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द साहका अनुसार झाडीमा खोजतलासको क्रममा पहिलो बन्दुक फेला परेपछि करिब तीन सय मिटरको दूरीमा अर्को बन्दुक भेटिएको हो। ‘बन्दुक पड्किएको क्षेत्रमा खोजतलासको क्रममा फरकफरक ठाउँबाट भरुवा बन्दुक फेला परेको हो,’ उनले भने।बरामद गरिएको भरुवा बन्दुक कसले फालेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >