एजेन्सी । भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् ।नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरेको हो ।ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । बीसीएएसले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ ।निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ ।