लागुऔषध गाँजा सहित दुई महिला पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
ganja2025-05-30-10-22-55

उदयपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका १ रानीटारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक हरिहर नाथ योगीले बताए ।

चौदण्डीगढी १ रानीटार निवासी अन्दाजी बर्ष ४१ कि रत्न माया श्रेष्ठको घरबाट ३५ बोरा प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो । ३५ वटा बोरामा लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ११ सय ४३ केजी २७५ ग्राम रहेको प्रहरीको भनाइ छ ।घरमा लुकाईछिपाई राखेको उक्त गाँजासहित घरधनी रत्नमाया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो समय उदयपुरमा लागुऔषध कारोवारी र प्रयोग कर्ताहरुमा वृद्धि हुँदै गएको छ। उदयपुर जिल्लालाई लागु औषध ओसारपसारको ट्रान्जिट पोइन्टको रुपमा हेरिने गरिएको छ ।

ताजा खबर

लोकप्रिय

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च बाराको तदर्थ समिति गठन

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च नेपालको बारा जिल्ला तदर्थ समिति गठन भएको छ । मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर शर्माको विशेष उपस्थितिमा परवानीपुरमा भएको

पुरा पढ्नुहोस >

बिश्रामपुर गाापाको १७ औ गाउँसभा सम्पन्न, ३२ करोड १० लाखको बजेट प्रस्तुत

बिश्रामपुर गााउँपालिकाको १७ औ गाउँसभा शनिबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा नै एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को बजेट ३२ करोड १० लाख

पुरा पढ्नुहोस >

बगरमा गाडिएको अवस्थामा ११ सय किलो गाँजा फेला, प्रहरीद्वारा अनुसन्धान तीव्र

विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर

पुरा पढ्नुहोस >