वीरगञ्ज- १६ जेठ,। बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर १ स्थित धनुका टोल र छतवा जोड्ने सडक ढलान कार्यको शुक्रबार औपचारिक शिलान्यास सम्पन्न भएको छ। पूर्वमन्त्री तथा माननीय जितेन्द्र सोनलले एक कार्यक्रमका बीच विधिवत् पूजापाठ गरी सडक ढलानको शिलान्यास गरेका हुन्।यो सडक ढलान कार्य पूर्वमन्त्री सोनलको विशेष पहलमा मधेस प्रदेश सरकारबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। यसले स्थानीय बासिन्दाको आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ।शिलान्यास कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भुटो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य रामजी महतो, लोसपा मधेस प्रदेश सदस्य श्रीकृष्ण साह, वडा अध्यक्ष सन्तोष पटेल, अजय गुप्ता, अनिल गुप्ता, लडु पटेल, शेषनाथ कुशवाहा, भोला साह सोनार, जंगबहादुर कुशवाहा, मञ्जुर आलम लगायतका स्थानीय भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।