,
वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। अपराध नियन्त्रण, युवालाई लागुऔषधको कुलत र दुष्प्रभावबाट जोगाउने तथा समाजमा शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानलाई प्रहरीले अझ प्रभावकारी, सशक्त र कडाइका साथ अघि बढाइरहेको जनाएको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध चरेश जस्तो देखिने पदार्थ २४० केजीसहित ट्रक र दुई जनालाई पक्राउ गरेको छ।मिति २०८२ साल ९ महिना ५ गते साँझ करिब १९:३० बजे, वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३ ख २५०९३ नम्बरको ट्रक शंकास्पद देखिएपछि रोकी कानुनी प्रक्रिया पूरा गरी जाँच गरिएको थियो।जाँचका क्रममा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बनाएर लुकाइछिपाइ राखिएको लागू औषध चरेश जस्तो देखिने पदार्थ २४० केजी फेला परेको प्रहरीले जनाएको छ।बरामद लागू औषधसहित ट्रक चालक तथा ट्रकमा सवार दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।पक्राउ पर्नेहरूःसरोज मोक्तान, २९ वर्षथाहा नगरपालिका–११, मकवानपुर (ट्रक चालक)नवराज लो, २१ वर्षथाहा नगरपालिका–११, मकवानपुरप्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

