जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20251224_155031


पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडौमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए ।

त्यसैगरी, गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगञ्ज कारागार बुझाएको छ । निज उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले रु ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन् ।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >