भिजिट भिसाका नाममा मानव तस्करी : अध्यागमन अधिकृत खड्काको पोलिग्राफ जाँच

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hatkari

बीरगंज, १५ माघ । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको प्रारम्भिक बयान र जिल्ला प्रहरी परिसर, टेकुमा दिएको बयानमा एकरुपता नदेखिएपछि उनको पोलिग्राफ जाँच गरिएको एक प्रहरी अधिकृतले बताए ।

अनुसन्धानका क्रममा आरोपीले झुठ बोलेको वा नबोलेको पत्ता लगाउन शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । खड्काको पोलिग्राफ जाँचका क्रममा ‘कैफियत’ फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । यो विषयलाई समेत समावेश गरेर प्रहरीले आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको छ ।

प्रहरी स्रोतका अनुसार, खड्काले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिएको प्रारम्भिक बयानमा भिजिट भिसाका लागि विमानस्थलमा रहेको सहजिकरण समितिलाई ‘घुस समिति’ भनेका थिए । र, त्यसमा रहेका सबैसमक्ष भिजिट भिसामा विदेश पठाउने गिरोहको पैसा पुग्ने बताएका थिए ।

कार्यालयले उनको प्रारम्भिक बयानका भिडियो रेकर्ड समेत गरेको थियो । तर, जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकिलको रोहबरमा लिएको बयानमा उनले धेरै कुरा परिवर्तन गरेका थिए । ‘उनले अध्यागमनका सबैसमक्ष पैसा पुग्ने बताएका थिए, आफू पक्राउ परेपछि को–कोले कस्तो प्रक्रिया जनाए त्यसबाट पनि को को मुछिन्छन् भन्ने थाहा हुन्छ भनेका थिए’, एक अधिकृतले भने, ‘सरकारी वकिलको रोहबरमा भएको बयानमा उनले एकदमै थोरै कुरा मात्र बोलेका थिए ।’

यद्यपि, उनले ७ जना अधिकृतको नाम भने बयानमा लिएका थिए । सरकारी वकिलले उनीहरुलाई समेत प्रतिवादी बनाएर ल्याउन भनेपछि प्रहरीले थप ७ जनालाई प्रतिवादी बनाएको छ । यसअघि नै प्रहरीले अर्का अधिकृत ताराबहादुर कुँवरलाई पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, गिरोहका सदस्यहरुसँग प्रत्यक्ष रुपमा पहिले कुँवर र उनीपछि खड्का संलग्न हुने गरेका थिए । ‘त्यसैले अरु अधिकृतहरुको प्रत्यक्ष प्रमाण फेला नपरेको हो, तर उनको बयानमा सबै विवरण खुल्ने परिस्थिति छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् । संगठित अपराधमा ६० दिनसम्म अनुसन्धानपछि प्रहरीले ९ कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउँदै राय पठाएको छ ।

अधिकृतहरुका अनुसार, रायमा नरवीरको कसूर पुष्टि हुने प्रशस्त आधारहरु छन् । ‘मोबाइलको विवरण, सीडीआर लगायतका विषयले उनले पैसा लिएको पुष्टि हुन्छ’, एक अधिकृतले भने, ‘उनी पक्राउ पर्दा समेत दुई लाख रुपैयाँ बरामद भएको थियो ।’ उनको साथबाट बरामद मोबाइल लिएर जाँच गर्दा प्रहरीले ६६ जना युवाको सूची समेत फेला पारेको थियो, जो हालसालै विभिन्न मुलुक उडेका थिए । यो समाचार अनलाइनखबरबाट साभार गरिएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >