रौतहट जिल्लाको गरुडा नगरपालिकामा लगाइएको ताला अहिले सम्म खुलेका छैन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1706537595

आन्दोलनरत पक्ष संग बार्ता गर्न तयार छु :- मेयर जयसवाल 
रौतहट जिल्लाको गरुडा नगरपालिकामा लगाइएको ताला अहिले सम्म खुलेका छैन! गएको पुस २० गतेका दिन बिभिन्न माग राख्दै उपप्रमुख पुनम चौधरीको नेतृत्बमा कार्यालयमा लगाइएको ताला 25 दिन बितिसक्दा पनि यथावत नै रहेको हो!
मुख्य गेटमा ताला लगाएर धर्ना बसेको कारण नगरपालिका बाट प्रबाह हुने सेवा प्रभावित भएका छन्! नगरपालिकाको आन्तरिक प्रशासनिक कार्य प्रभावित हुनुको साथै विकास निर्माणका योजनाहरू समेत प्रभावित भएको हो!

आन्दोलनमा बसेका वडा अध्यक्ष कृष्णन्दन सहनीले बोर्डको बैठक बसाए पछि कार्यालयमा लगाइएको ताला खोल्ने बताएका छन्! कार्यपालिका बैठक बाट हिउदे नगर अधिबेशन, विकास निर्माणका बजेट बाटफाट, कृषि, शिक्षा, तथा बिधुत महसुल छुट, कर्मचारीको तलब भुक्तानी, परिषदको निर्णय, ठोस योजना लगायतका बिषयमा पहिला बोर्डको बैठकमा लिखित निर्णय हुनु पर्ने अडान आन्दोलनकारीहरुको रहेको छ!

आन्दोलनरत पक्ष संग छलफल गर्न र उठाएको माग सम्बोधन गर्न तयार रहेको नगर प्रमुख कन्थमनि जयसवालले बताएका छन्! नगर प्रमुख जयसवालले भने हामीले बार्ता गर्न प्रयास गरेका छौ हद सम्म लचकता अपनाएकै छु, जसरि भएपनि कार्यालय संचालन हुनु पर्छ! जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको रोहवरमा छलफल हुदा ५ वटा बुंदा पालना गर्न आफु तयार भएपनि आन्दोलनकारी पक्ष तयार नभएको जानकारी दिए!
आन्दोलनरत पक्ष र नगरप्रमुखको भनाइ मिल्दो जुल्दो देखिए पनि अबिश्वासको कारण दुवै पक्षमा विवाद रहेको बुझिएको छ! राजनीतिक कारण नगरपालिकालाइ बन्धक बनाउनु आम नागरिकको अधिकारको उलङ्घन गर्ने कार्य भएकोले नगरबासीको भाबना, मर्मलाइ ख्याल गर्दै समय मै समस्या समाधान गर्नु जरुरी रहेको छ!
आन्दोलनमा बसेका उपप्रमुख, वडा अध्यक्ष र कार्यपालिका सदस्यको माग सम्बोधन गर्न कार्य पालिकाको बैठक नै मुख्य एजेन्डाको रुपमा अगाडी रहेकोले नगर प्रमुख जयसवालले कार्यपालिकाको बैठक बोलाएर छलफल गर्दा विवाद समाधान हुने भएकोले यस तर्फ मेयरलाइ सोच्नु पर्ने आवश्यक देखिन्छ! लामो समय सम्म विवाद कायम रहे कार्यालयको दैनिकी कारोवार समेत प्रभावित हुने हुदा मेयरलाइ छिटै समाधान तर्फ पहल गर्नु जरुरी रहेको छ!

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >