आयल निगमको लापरवाहीः विद्यालय हिडेका विद्यार्थीको रडमा छेडिएर मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
424569877_364847192952168_1083676943137287894_n

बीरगंज, १७ माघ बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधवार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।

घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालय अगाडी पोलमा भर्‍याङ बनाउन राखिएको रडमा छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोले जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनि विद्यालयको पोशाक लगाएर आयल निगम अगाडी रहेको पार्किङस्थलतर्फ जादै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल संचालन गर्दै आएकी थिईन् । गोले पार्किङ स्थलबाट विद्यालयका लागि बस चढ्ने गरेका थिए । सधैझैं पार्किङ स्थलतर्फ हिडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।

आयल निगमले कार्यालयबाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडी उक्त पोल राखेको थियो । पोलमा चढ्नका लागि रड राखेर भर्‍याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।

अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश पोखेका छन् । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी निगमले लिनुपर्ने बताए । वडाध्यक्ष श्रेष्ठले पीडित परिवारलाई निगमले उचित क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् ।

गोलेको शव शल्यपरीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >