लागू औषध गाँजासहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240131_162615-960x540

वीरगंज – १७ माघ । बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं. ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी टोलिले मंगलबार विहान ८:४५ बजे बाराकाे जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.७ स्थित टेढा रोडबाट गिरीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले बताए । 

टेढा रोडदेखि पर्साकाे मिलन चौक तर्फ जादै गरेको पैदल यात्री गिरीलाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको २ वटा झोला भित्र ५/५ किलोको दरले १० किलो लागू औषध गाँजा वरामद भएकाे प्रवक्ता न्याैपानले जानकारी दिए ।

फेला परेकाे लागु औषधसहित गिरीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >