पर्सा :६० लाख बराबरको कपडा लोड रहेको ट्रक पक्राउ।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240430_115317

बिरगंज ,१८ बैशाख। बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ।

बैशाख १६ गते वीरगञ्ज महानगरपालिका वडा नं.१७ आई.सि.पी.गेट स्थित सडकखण्डबाट मधेश प्रदेश ०३-००२ ख १०५ नम्बरको मालवाहक  मिनी ट्रकलाई राजश्व छली चोरी गरेको आरोपमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

विल विजक भन्दा बढी कपडाहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजादै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा उक्त मालवाहक मिनि ट्रकमा लोड रहेको कपडाहरुको प्रज्ञापन पत्र, अनलाइन भिसिटिएस विल भन्दा बढी लोड रहेको आसंकामा तथा बिलबिजक सन्कास्पद रहेकोले कपडा सहित ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

नियन्त्रणमा लिएको मालवाहक मिनि ट्रकमा रू.६० लाख बराबरको कपडाहरू लोड रहेको र आवश्यक कारवाहीको लागि मिति २०८१।०१।१७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जनाए।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >