वीरगन्ज,१८बैशाखःपर्साको धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर गाँउमा मंगलबार दिउँसो आगलागी हुदाँ फुसको चार वटा घर जलेर नष्ट भएका छन् ।
मंगलबार दिउँसो भएको आलागीबाट स्थानीय रजाक देवान, रहमत देवान,अमजद देवान र समसाद देवानको गरी चार वटा घर र घरमा रहेका सबै सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।
स्थानाीयका अनुसार दिउँसो दुई बजेतिर रजाक देवानको घरमा खाना पकाउने क्रममा चुल्होमा आगो बालिएको थियो । त्यहि आगोबाट सल्किर आगलागी हुदाँ रजाकसंगै छिमेकका घरहरुपनि जलेर नष्ट भएको हो ।आलगागी पोखरिया नगरपालिकाबाट गएको वारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयबासीले मिलेर निभाएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी सहायक हवल्दार रामकुमार साह कानुले जानकारी दिए ।
आगलागीबाट चार वटै घर जलेर पूर्ण रुपले नष्ट हुदाँ त्यसबाट करिब २७ लाख रुपैयाँ बराबरको क्षति भएको पिडित घरधनीहरुले बताएको कानुले जानकारी दिए । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।


