वीरगन्जको नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1714490060_nabil_bank-Nir-1200x560

नबिल बैंकको वीरगन्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी गर्ने एउटा समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई अहिले साँझसम्म ३ जनालाई नेपाल र एक जनालाई भारतमा नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन्। यो विषयमा पर्सा प्रहरीले केही बताएको छैन।

‘केही शंकित व्यक्तिहरु पक्राउ परेको सत्य हो हामी अनुसन्धान गर्दै छौ, सार्वजनिक गर्ने बेला भएको छैन’, पर्सा प्रहरीका एक अधिकृतले भने। ती अधिकृतका अनुसार चोरी गरेको सबै रकम भारतमा लगिसकिएको र उनीहरुमात्रै पक्राउ परेका हुन्। पक्राउ पर्ने जैसवाल रौतहट बुधरामका स्थायी बासिन्दा हुन्।

नबिल बैकबाट चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंक भित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको थियो। सो रकम बैङ्कले राखेको स्टिल दराजबाट चोरी भएको थियो।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार वीरगन्जको बसपार्कस्थित पार्क होटलमा छोटेलाल जैसवालको नाममा कोठा बुक गरेर उनीहरुले नबिल बैकमा चोरी गरेका थिए।

छोटेलाल काठमाडौँको न्यूरोडमा भएको एक चोरी काण्डमा पक्राउ परी भर्खरै जेलबाट बाहिर आएका व्यक्ति हुन्। फरार मध्येका एक जना अरुण कुमारको नाम खुलेको स्रोतले जनाएको छ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >