सरोज यादव नेतृत्वको मधेस सरकार पर्‍यो अल्पमतमा एमाले नेतृत्वमा नयाँ सरकार गठन हुने सहमत

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
441075496_1035146798059377_5304250370185094948_n

जनता समाजवादी पार्टीका सरोज कुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ ।

सत्ता गठबन्धनका दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्रले सर्मथन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा दिएपछि यादव नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो ।

यी दुई दलले सर्मथन फिर्ता लिएपछि अल्पमतमा परेको प्रदेश सरकारमा नयाँ गठबन्धन सहित अर्को सरकार निर्माण हुने भएको छ ।

एमालेका मन्त्रीहरु सरोजकुमार यादव,राजकुमार लेखी,सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामापत्र बुझाएका थिए् ।

यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेस सरकारबाट राजीनामा दिइसकेका थिए ।

एमाले,माओवादीले अर्को सरकार निर्माण गर्न अन्यदलहरुसंग कसरत थालेका छन । लोसपा र जनमतसंग उनीहरुले नयाँ सरकार गठन गर्न छलफल शुरु भएको छ ।

प्राप्त जानाकारी अनुसार सम्बभवत सोमबार नयाँ सरकार गठनका लागि दावी पेशगर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेशगर्ने सहमति भएको छ। एमाले नेतृत्वमा सरकार बन्दा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्नेछन ।

नयाँ सरकार गठनका लागि सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने जनाईएको छ । मधेश प्रदेश सभामा १०७ साँसद छन् ।

नयाँ सरकार बनाउन मात्र ५४ साँसद आवश्यक पर्छ । एमाले,माओवादी लोसपा र जनमत सरकारका दावी पेश गर्न लागेका चार दलसँग ५५ साँसद छन् ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >