एभेरेष्ट बैंकको तकेताले गर्दा ऋणीले गरे आत्महत्या,कलैया शाखा कार्यालयमा तोडफोडसहित प्रदर्शन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_17156130751671-860x387

एभेरेष्ट बैंक लिमिटेडको ताकेताले गर्दा ऋणीले आत्महत्या गरेको भन्दै बाराको कलैया सोमवार प्रर्दशन गरिएको छ ।

दुर्गा प्रसाई नेतृत्वको राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउँ महाअभियानले कलैयामा नाराबाजी गर्दै महिलाहरूले ढुङ्गामुढा,तोडफोड साथै नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।

प्रर्दशनकारीहरुले कलैया–बरियारपुर रोडमा रहेको एभेरेष्ट बैंक लिमिटेड कलैया शाखा कार्यालय अगाडि प्रर्दशन गर्दै शाखा कार्यालयमा ढुङ्गामुढा,तोडफोड समेत गरेका थिए । राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउँ महाअभियान जिल्ला कार्य समिती बाराले कलैयामा बिरोध प्रर्दशन गरेको हो ।

उक्त प्रदर्शन र ढुङ्गा प्रहारबाट बैंकको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। एभरेष्ट बैंकबाट ऋण लिएका बर्दिया निवासी खुशीराम चौधरीलाई बैंकले गरेको पटकपटकको ताकेता सहन नसकेर २५ गते पासो लगाई आत्महत्या गरेका थिए ।

सोही विरोधमा अभियानले देशभरका विभिन्न शाखामा प्रदर्शन सहित ताल्चा लगाउने योजना रहेको अभियानबाराका उपाध्यक्ष बलिराम पासवानले बताएका छन ।

एभरेष्ट बैंक लिमिटेड र गरिमा विकास बैंकको चौतर्फी व्याज दर वृद्धि र टचरको कारण जिल्लामा रहेका ऋणीले उक्त प्रदर्शन गरेको पासवानले बताए ।

अभियानका जिल्ला अध्यक्ष धिरज प्रसाद केशरीले मृतक ऋणीलाई उचित न्यायसहित क्षतिपूर्ति,उनको बालबालिकाको पालनपोषणको जिम्मा भएन भने देशभरका एभेरेष्ट बैंकको शाखामा तालाबन्दी गर्ने चेतावनी दिएका छन । अध्यक्ष केशरीकै नेतृत्वमा गएका प्रदर्शनकारीले शाखा प्रमुखको पुतला जलाउन खोज्दा प्रहरीले जलाउन दिएको थिएन ।

प्रदर्शनकारीले लघुवित्त संस्था खारिज गर,२० लाखसम्मको ऋण मिनाहा गर,जग्गाजमिन,घरारी लिलाम गर्न पाईदैन,लिलाम गरेको जग्गा फिर्ता गर,हाम्रो बचत फिर्ता गर,२० लाख देखिको ऋिणीलाई ७% ब्याज दर कायम गर,८% भन्दा बढी लिएको ब्याज फिर्ता गर लगायतका नाराबाजी लगाउदै कलैया नगर परिक्रमा गरेका थिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >