८१ लाख रुपैयाँ बढीको सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240514_071518230-960x540

वीरगन्ज । बिलबिजक भन्दा बढीको सामान लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब ८१ लाख ५६ हजार ९४३ रुपैयाँ मूल्यका सामान लिएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०२८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ हनुमान मन्दिर चोक नजिकै आइतबारराति प्रहरीले उक्त ट्रक रोकेर चेकजाँच गर्दा बिलबिजक भन्दा बढी परिणामका हार्डवेयर तथा खुद्रा सामानहरु भेटिएपछि राजश्व छलीको आशंकामा उक्त ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >