सुनसरीमा प्रहरीले गोली चलायो, एक लागूऔषध कारोबारी घाइते, अर्का पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
puspa-kamal-dahal.jpg-final-_zpLm4Zn53Z

वीरगञ्ज । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो  ।

सप्तरीको सप्तकोशी-५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका-५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर पक्राउ गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् ।

मंगलबार मात्रै पनि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले मोरङको रतुवामाई नगरपालिका कादुपाडामा गोली हानेर अर्का लागुऔषध कारोबारी समातेको थियो । भारतको बिहार, किसनगञ्ज घर भएका ४८ वर्षीय भागिरथ हरिजनलाई गोली प्रहार गरेर ब्यूरोले पक्राउ गरेको थियो ।

हरिजनमाथि खुट्टामा दुई राउण्ड गोली प्रहार गरेर १४९ ग्राम लागु औषध खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो । सो क्रममा एक जना प्रहरी सहायक निरीक्षक (असई) समेत घाइते भएका थिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >