बारा प्रहरीले लागु औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिहीबार बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित यात्रुवाहक बसबाट उक्त युवकलाई गाँजा सहित पक्राउ गरिएको हो ।
बनेपाबाट पर्सा ठोरीतर्फ जादै गरेको ना.७ ख ७१३२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसमा सवार युवकले बोकेको झोला भित्र उक्त लागु औषध गाँजासहित एक युवकलाई पक्राउ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नम्बर १९ बस्ने अन्दाजी ३१ वर्षीय दिपक बैजु रहेको जिल्ला प्रहरी कार्यालय बारप्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ५ किलो ४०० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।
उक्त लागू औषध गाँजा बरामद गरी उनलाई समेत नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

