“१ लाख ५६ हजार बराबरको समानहरु सहित मानिस प्रहरीको नियन्त्रणमा”

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20251203_102336

बारा ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई झनै प्रभावकारी र कडाइका साथ अघि बढाएपछि लगातार सफलताहरू दर्ज भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा खटिएको टोलीले शंका लागेकाे आधारमा चेकजाँच गर्ने क्रममा करिब रु. १ लाख ५६ हजार मूल्य बराबरकाे चकलेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।मिति २०८२ मंसिर १६ गते बिहान करिब ११:५० बजे कलैया उप–महानगरपालिका–४ स्थित कटेगन पुल नजिक प्रहरी टोलीले ना २ च १३०४ नम्बरको पिकअपलाई फेला परेको थियो। गंजभवानिपुरबाट कलैया तर्फ आइरहेको उक्त सवारी साधनलाई सिदेश्वर मन्दिरबाट अमित पेट्रोल पम्प तर्फ जाने बाटोमा रोकी चेकजाँच गर्दा बिल–विजकभन्दा फरक ६३ कार्टुन र १५ बोरा चकलेट फेला परेकाे प्रहरीले जनाएको छ बरामद गरिएका सामग्रीको मूल्य करिब रु. १,५६,००० रहेको र पिकअप सहित सामग्री तथा चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति वीरगंज महानगरपालिका–३१, पर्साका २८ वर्षीय ऋषी पटेल हुन्। उक्त जानकारी बारा प्रहरीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक खेमप्रसाद नेपालले दिएका हुन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको र बरामद सामग्रीको अनुसन्धान जारी रहेको जनाएको छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >