बिरगंजमा युवकमाथि आक्रमण, हत्याको प्रयास असफल

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20241102-WA0005

बिरगंज, १७ कात्तिक बिरगंजमा एक युवकमाथि आक्रमण भएको छ। आक्रमणमा परि गम्भीर घाइते भएका बिरगंज महानगरपालिका-१६ का १९ वर्षीय मकबुल अलिको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ब्यक्तिहरुले अलिको हत्या गर्ने प्रयास गरेको आरोप परिवारजनले लगाएका छन्। परिवारका अनुसार आक्रमणकारीहरूको पहिचान भइसकेको छ, जसमा बिरगंज-१६ ईनर्वाका मुम्ताज मिया तेली, रेयाज मिया तेली सहित तीन जना रहेका छन्। आक्रमणबाट घाइते मकबुल अलिसँग रहेको ५० हजार नगद र सुनको सिक्री लुटिएको आरोप पनि परिवारजनले लगाएका छन्। घटनाको सम्बन्धमा पर्सा प्रहरीले आरोपितहरूलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ। हाल उनीहरू फरार रहेका छन्। पक्राउपछि थप अनुसन्धान गरी कडा कानुनी कारबाही गरिने पर्सा प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले समाजमा अराजक गतिविधि गर्ने कुनै पनि व्यक्तिलाई कानुनले छुट नदिने बताउँदै कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घटना लुटपाटको उद्देश्यले भएको हो वा व्यक्तिगत रिसिबीका कारण, यसबारे अनुसन्धानपछि प्रस्ट हुनेछ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >