बिपी राजमार्गमा बिरामी बोकेको एम्बुलेन्सबाट लागुपदार्थ बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Ambulance-Taskari2024-12-07-08-57-33

महोत्तरीको बर्दिवासबाट बिरामी बोकेर बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ज.१च १९०८ नम्बरको एम्बुलेन्सबाट प्रहरीले शुक्रबार राति चेकजाँचका क्रममा अवैध लागुपदार्थ बरामद गरेको छ। काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको सवारी चेकपोस्टअगाडि प्रहरी चेकजाँचका क्रममा एम्बुलेन्सबाट लागुपदार्थ बरामद भएको हो। 

एम्बुलेन्सचालक धनुषा जिल्ला धनुषाधाम नगरपालिका–६, हरिहरका ४४ वर्षीय सुरेश मिझारलाई प्रहरीले पक्राउ गरेको छ। चालक मिझारलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार प्रहरी टोलीले चालकको पछाडि झोलामा नुफिल लेखिएको दुई मिलिलिटरको एक हजार एम्फुल, डाइजिफाम दुई मिलिलिटरको एक हजार एम्फुल, फेनेरेगान लेखिएको दुई मिलिलिटरको एक हजार एम्फुल गरी जम्मा तीन हजार एम्फुल लागुपदार्थ बरामद गरेको थियो। 

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >