रौतहट । प्रादेशिक अस्पताल गौर अध्यक्ष अनवर हासमी र मेडिक सुपरिटेन्डेन्ट मुरारी ठाकुरको सिण्डिकेटले चलेको डा. ईम्त्याज अहमदले आरोप लगाएका छन।पत्रकार सम्मेलन आयोजना गरि डा.ईम्त्याजले अध्यक्ष हासमी र मेसु ठाकुरले सर्वजनिक र अति संबेदनसिल संस्थालाई कमाई खाने भाडो झै प्रयोग गरेको आरोप लगाएका छन। अध्यक्ष हासमीले भनेको नगरेपछी आफुलाई दुर्ववहार गरि तलव समेत अपचलन गरि निकालेको आरोप लगाएका छन।अध्यक्ष हासमिले डा. ईम्त्याजलाई मासिक ३ लाखको तलव भाता तोकि अर्को ब्यबस्था नहुन्जेल सम्मका लागि नियुक्त गरेका थिए। जेनरल फिसिसियन डा.ईम्त्याजले रेडियोलोजिस्ट र आईसियु कक्ष सम्हादै आएका थिए।मंसिर २६ गते अध्यक्ष अनवर हासमीले बिनाकारण दुर्ववहार गर्दै डा. ईम्त्याजलाई अस्लिल शब्द प्रयोग गर्दै निकाले पछि ईम्त्याजले पत्रकार सम्मेलन गर्दै कार्वाहीका माग गरेका छन।तलबका लागि अस्पतालका लेखापाल जितेन्द्र यादव सङ्ग बोलचाल परेपछी अध्यक्ष हासमीले डा. ईम्त्याजलाई दुर्ववहार गर्दै निकालेको आरोप लगाएका छन।अध्यक्ष हासमीले आफुले भने अनुसार न गरेका अर्का चिकित्सक डा. अमित चौधरी, बिपिन चौधरी र गोपाललाई पनि दुर्ववहार गरि निकालेका थिए। अध्यक्ष हासमि , मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर र लेखापाल जितेन्द्र यादवले तानाशाह प्रवृतीबाट अस्पताल चलाउदै र चिकित्सकलाई दुर्ववहार गर्दै आएको डा.ईम्त्याजले अरोप लगाएका छन।अस्पतालका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना देखि निजी क्लिनिक र ल्याबसंग साठगाठ गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।