बारा प्रहरीले ९७ किलो लागू औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-12-19 at 22.00.42_14954260

बारा, ४,पुस ।बारा प्रहरीले ९७ किलो लागू औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाइएको गाँजा बरामद गरेको हो।

प्रहरीले ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको कालो ग्रे रङको फोर्ड गाडी समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा चितवन राप्ती नगरपालिका-२ गडौलीका ३५ वर्षीय विष्णु लामा र भरतपुर महानगरपालिका-२४ सिद्धार्थ टोलका ४६ वर्षीय टेक बहादुर गुरुङ रहेका छन्।

बरामद सामानमा ९७ किलो गाँजा १८ पोकामा विभाजित गरिएको थियो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ।

यसअघि पनि प्र.ब.ना.नि. कार्कीको टोलीले पुस २ मा १५ किलो गाँजासहित दुई जना भारतीय नागरिक र मंसिर २२ मा ६० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको थियो।

प्रहरी निरीक्षक तथा बारा प्रहरीका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठका अनुसार लागू औषध र अन्य आपराधिक क्रियाकलाप विरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >