पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर ३१ स्थित मिलनचोकमा शुक्रवार राती करिब १२ बजे अवैध रूपमा लोड गरिएका साल जातका काठ बरामद गरिएको छ ।
सबैया सब डिभिजन बन कार्यालयबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले ६ थान साइकलमा लोड गरी ल्याइ रहेका ४५ क्युफिट काठ बरामद गरिएको हो ।
बन गस्ती टोलीको उपस्थितिको खबर पाएपछि काठ ल्याउने व्यक्ति फरार भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।
बरामद काठ र साइकललाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको डिभिजनल बन अधिकृत अहमदले बताए । यस घटनासँग सम्बन्धित व्यक्ति पहिचान गरी कानूनी कारबाही गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए ।