प्रहरीका भान्सेको हत्या प्रकरणमा अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hatya-4

बारामा प्रहरी कर्मचारी (भान्से) राजकुमार रुम्बाको हत्या प्रकरण अनुशन्धानका क्रममा राष्ट्रिय अनुशन्धान विभागका निर्देशक (इन्स्पेक्टर) श्रीकान्त तिवारीसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्य दुई जनाको पहिचान प्रहरीले खुलाएको छैन। उनीहरुका विषयमा अनुशन्धान जारी नै रहेको भन्दै प्रहरीले नाम खुलाउन चाहेको छैन। यद्यपी, दुवै जना इनर्वा सिमराकै रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना पक्राउ परेका तीनै जना बारा प्रहरीको हिरासतमा छन्।

प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि घटना अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीको दाबी छ। बाराका एसपी महेन्द्र खडकाले करिव एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको बताए।

व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण रुम्बाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिका–११ मा सडकमा रोकिराखेको बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र उनको शव फेला परेको थियो।

उक्त कार राष्ट्रिय अनुशन्धान विभागका निर्देशक तिवारीको हो। इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए। भने तिवारी पनि विगत एक वर्षदेखि एयरपोर्टमै कार्यरत रहेको प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >