अपहरित १५ वर्षीय बालकको सर्लाहीबाट उद्धार, तीन अपहरणकारी पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp-Image-2025-01-13-at-19.29.04_4c8fc438-800x445

सर्लाही प्रहरीले अपहरणमा परेका १५ वर्षीय भारतीय बालकलाई सुरक्षित रूपमा उद्धार गरेको छ। बालकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट सकुशल मुक्त गरिएको हो।

अपहरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय विक्रम पासवान, र बिहारको सितामढी जिल्लाको मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साह रहेका छन्।सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरूसँग कटुवा पेस्तोल, दुई राउन्ड गोली, मोबाइल, धारिलो चक्कु, हथौडा, र बीआर ०६बीटी २८५० नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रहरीले बालकलाई उद्धार गरी सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको छ। पक्राउ परेकाहरूमाथि अपहरण, शारीरिक बन्धक, र हातहतियार खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >