अछाममा दुई किशोरीको मृत्यु प्रकरण: दुई जना पक्राउ, घटनाबारे डिएसपी ‘मौन’

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
newskarkahna-news808450

 अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो।

अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन्। उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको विवरण अहिलेसम्म बाहिर ल्याएको छैन।

ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका(८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए।

टाउको र शरीरभरि चोट लागेको अवस्थामा दुबैको शव २० मिटर आसपास फेला परेको थियो। उनीहरू शुक्रबारै बाख्रा चराउन भनी जंगल गएका थिए।

पक्राउ परेका दुबैको १८ वर्षभन्दा मुनिका रहेकाले पहिचान खुलाइएको छैन। किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो।

डिएसपी भण्डारीले अहिलेसम्म घटनाको प्रकृतिबारे भन्न नसकिने बताए। ‘बलात्कार हो, हत्या हो केही भन्न सकिँदैन, पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिन्छ,’ भण्डारीले भने, ‘पोस्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ।’

तीन दिनको अनुसन्धान कहाँ पुग्यो, घटनास्थलको प्रारम्भिक विवरण के हो भन्नेबारे समेत डिएसपी भण्डारी अनभिज्ञ देखिएका छन्।

जंगल गएका किशोरी एक दिनसम्म नआएपछि शंका लागेर स्थानीय खोजीमा निस्किँदा शव फेला पारेका थिए।

घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। किशोरीका परिवारले घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेका छन्।

किशोरीको शव भेटिएको माथिपट्टी भीर छ। माथिपट्टी भीरबाट ढुंगा झरेको देखिएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >