नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250213-WA0039

बारा, १ फाल्गुन / बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा नेपाल एटिमी क्याकुसिन करातेको १४ जना खेलाडीलाई युवा नेता दुबेले बिदाइ गरेका छन । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले संघीय राजधानी काठमान्डौमा हुने अन्तरास्ट्रिय खेलका लागि १४ जना खेलाडीलाई बिदाइ गरेका हुन । संघीय राजधानी काठमान्डौमा शनिवारदेखी हुन लागेको अन्तरास्ट्रिय खेलमा भाग लिन जाने खेलाडीलाई टिक्का लगाइ आर्थिक सहयोगले युवा नेता दुबेले बिदाइ गरेको स्थानीय दिपक दासले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिका भित्र रहेका खेलाडीहरूलाइ सुरू देखि नै सम्मान गर्दै आएका युवा नेता उमेश दुबेले नेपाल एटिमी क्याकुसिन कराते भलुही शाखालाइ १० हजार नगद सहित १४ जना खेलाडीलाई टीका लगाइ बिदाइ गरेको जानकारी दिनुभयो । बिदाइ कार्यक्रममा बोल्दै युवा नेता उमेश दुबेले खेलाडीहरू मुलूककै शानको रूपमा रहेको र त्यो शानलाइ स्थानीय सरकारले बुझन नसकेको दुख प्रकट गर्नुभयो । उहाले खेलाडीलाई निराश नभइ आत्मबलका साथ अगाडी बढन सुझाव दिएका थिए । अन्तरास्ट्रिय खेलमा सहभागी मात्र नभइ जितेर आउन खेलाडीहरूलाइ युवा नेता दुबेले सुझाएका थिए । कार्यक्रममा स्थानीय मोहन दास, प्रेम साह, दिपक दास, जितेन्द्र दास, बिक्की कुश्वाहा, राजेश कुश्वाहा, शेसनाथ यादव लगायत ३५ जना युवाहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >