डेढ महिनाअघि भारतबाट घर फर्केका श्रीमानको हत्या गराएको आशंकामा श्रीमती पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
mahato_hatya

जनकपुर– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमती सिर्जनालाई पक्राउ गरेको छ।

महोत्तरी प्रहरीले सिर्जनलाई आईतबार नै पक्राउ गरेको हो। डीएसपी सन्तुलाल जयसवारका अनुसार शिवशंकरको शव फेला परेदेखि नै सिर्जनालाई अनुशन्धानको केन्द्रमा राखिएको थियो। उनले शिवशंकरलाई मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको बताए।

शिवशंकरको शव शुक्रबार साँझ साढे ५ बजे महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्रयाकबाट करिब १ मिटर दक्षिणतर्फ फेला परेको थियो। प्रहरीका अनुसार शिवशंकरको गर्धनमा खुकुरी प्रहार गरेको र हत्यापछि घिसारेको देखिएको छ।

जानकारी अनुसार डेढ महिनाअघि मात्रै भारतको मुम्बईबाट घर फर्केका शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जना र १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान मोटरसाईकलमा निस्किएका थिए।

तीनै जना महेन्द्रनगरसम्म सँगै गएको खुलेको छ। त्यहाँबाट सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएर एउटामा १० महिने छोरासहित सिर्जना र अर्कोमा शिवशंकर चढेको जनाईएको छ।

कुनै रिसिईबी वा श्रीमतीको प्रेमसम्बन्धका कारण शिवशंकरको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ। भाइ राम महतोका अनुसार केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो। विवादपछि उनी ससुराली जान मानेका थिएनन्। उनलाई श्रीमतीले नै हजुरबुबाको मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी थिईन।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >