नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगञ्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ लगाउने तयारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp-Image-2025-03-24-at-4.22.43-PM

वीरगञ्ज ११ चैत, । वीरगञ्जमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगञ्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

चैतको अन्तिम शुक्रबार २९ गतेदेखि ३१ गतेसम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको छ ।यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो । रात्रि बजारले यहाँको बजार चलायमान बन्ने मेयर सिंहले बताए । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ ।

महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको हो ।

रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >