बालेन शाहले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
balen-shah_mayor-ktm-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्।

महानगरका कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको गुनासो आइरहेका बेला सोमबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले अबको एक हप्तामा कर्मचारीले तलब नपाएको खण्डमा सबैलाई टुकुचामा गाडदिने चेतावनी दिएका हुन्।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! ’ उनले भने, ‘त्यो पछि हेरौँला तिमी हरुको के के तन्त्र हो!!’काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको महिनौं बितिसकेको छ । तीन महिनादेखि महानगरका मेयरदेखि सरसफाइ कर्मचारीको तलब नै रोकिएको अवस्था छ । १० करोड रुपैयाँभन्दा माथिको आयोजना र सबै जनप्रतिनिधि तथा कर्मचारीको तलब गरेर करिब ७५ करोड रुपैयाँ भुक्तानी रोकिएको छ । यस्तो परिस्थिति सिर्जना संघीय सरकारले तीन महिनासम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा भएको हो ।

चालु खातामा रकम ट्रान्सफर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । तर, महानगर र सरकारबीचको युद्धका कारण निकास पाउन सकेको छैन ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >