सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएका करिब १७ लाख रुपैयाँ मुल्यको विभिन्न सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2025-04-01-17-59-07-837-edit_com.facebook.katana

वीरगन्ज,१९चैतःपर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएका करिब १७ लाख रुपैयाँ मुल्यको विभिन्न सामान गरेको छ । वीरगन्ज–१४ गण्डकबाट मंगलबार ८४ हजार १५० रुपैयाँ बराबरको सुतिको साडी, कुर्था सुरुवाल, चकलेट, स्पोर्ट सुज (जुत्ता) बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर. १३ गण हेड क्वाटर पर्साका प्रवक्ता तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिदए ।पर्साकै बिन्दवासिनी गाँउपालिका–४ अमरपट्टी स्थित नेपाल–भारत दशगजा क्षेत्रबाट ६ लाख ६३ हजार ९०० रुपैयाँ बराबरको ६६ कीन्टल ३९ केजी मकै तथा वीरगन्ज भन्सार क्षेत्रबाट ५ लाख ६९ हजार ७८५ रुपैयाँ बराबरको किराना, मोटर पार्टस, ईलेक्ट्रोनिक पार्टस र कपडा बरामद गरिएको सिंहले जानकारी दिए ।वीरगन्ज–१७ अलौंबाट मधेस प्रदेश–०३–००१ह३०९४ नम्बरको ई–रिक्साबाट ७५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको उनले बताए । बरामद सबै सामान आवश्यक कारबाहीका लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >