पर्साको जिल्ला प्रशासनले यहाँस्थित बाल सुधार्ने अभियान

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250403_083121

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले यहाँस्थित बाल सुधारगृहमा देखिएको समस्यालाई समाधान गर्नका लागि आवश्यक पहलकदमी थालेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको बाल सुधारगृहको व्यवस्थापनसम्बन्धी बैठकले बाल सुधारगृहमा भएका बेथतिलाई सुधार्नका लागि १३ बुँदे निर्णय गरेको छ।प्रजिअ अर्यालले बाल सुधारगृहमा देखिएका समस्यालाई सम्बोधन गर्न लागेको जानकारी दिए। ‘बाल सुधारगृहमा रहेका बालबालिकाको आवस्था निकै दयनीय रहेको छ,’ उनले भने, ‘प्रशासन र दातृ निकायको सहयोगमा गर्न सकिने कामलाई तत्कालै अघि बढाउने प्रयत्न गरेका छौँ।’मंगलबार बाल सुधारगृहमा बालकहरुले केही समय प्रदर्शन गरेर प्रजिअ अर्याल, पर्सा प्रहरी प्रमुख गौतम मिश्र लगायतका सरोकारवाला निकायसँग २२ बुँदे स–साना माग गरेर विरोध जनाएका थिए। सोही गुनासा र मागलाई सम्बोधन गर्नका लागि आज बैठक बसेको हो। बैठकले बाल सुधारगृह परिसर नजिकै रहेको डिप बोरिङबाट पाइप जडान गरी नियमित रुपमा खानेपानीको व्यवस्थापन गर्ने व्यवस्था वीरगञ्ज महानगरपालिकाले मिलाउने निर्णय गरेको छ।त्यस्तै रातको समयमा बत्ती जाने समस्या रहेकाले वैकल्पिक ऊर्जाको व्यवस्थापनको लागि वीरगञ्ज उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने निर्णय भएको छ। बाल सुधार गृहको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी क्यामेरा जडान गर्ने व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने र अनुगमन, निरीक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि निर्णय गरेको छ।बैठकले अनाधिकृत व्यक्तिको प्रवेशलाई निरुत्साहित गर्ने लगायतको निर्णय भएको छ। बैठकले बाल सुधारगृह परिसरमा मर्मत गर्नुपर्ने संरचना र सामग्री एक हप्ताभित्र बाल सुधारगृहले मर्मत गरी अद्यावधिक गर्ने निर्णय गरेको छ। बाल सुधारगृहले कम्तीमा हप्ताको एक पटक मनोसामाजिक परामर्श अनिवार्य उपलब्ध गराउने पनि निर्णय गरेको छ। प्रजिअ अर्यालले बालगृहमा आवश्यकपर्ने पङ्खा र खानेपानीको व्यवस्थापन कार्यको संयोजन जिल्ला प्रशासन कार्यालयले गर्ने जानकारी दिए। बालगृहमा रहेका क्षयरोगबाट सङ्क्रमित बालकको उपचार लगायतका समस्या सामाधानको लागि वीरगञ्ज महानगरपालिकासँग समन्वय गरी व्यवस्था मिलाउने पनि निर्णय गरेको छ। सो बैठकले सिधाबापतको रकम समयमै भुक्तानीका लागि बाल सुधारगृहले आवश्यक विवरण समयमै पेस गर्ने व्यवस्था मिलाउने तथा कारागार कार्यालयबाट सिधा व्यवस्थापन गर्ने निर्णयमा उल्लेख गरिएको छ।त्यस्तै पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्रीको व्यवस्थापन प्याब्सन, एनप्याब्सनलगायतका सरोकारवालासँग समन्वय गरी उपलब्ध गराउने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले मिलाउने पनि निर्णय भएको छ। यस्तै गरी पढ्न इच्छुक बालबालिकाको लागि तहगत रुपमा शिक्षकको व्यवस्थापन खुला विद्यालयबाट वीरगञ्ज महानगरपालिकाले मिलाउने छ। बालसुधार गृहमा ५० जनाको क्षमता भए पनि हाल एक सय २७ बालबालिकालाई राखिएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >