मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा चिकित्सकको तलब नपाउँदा आज र भोली बन्द

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250403_102217

वीरगञ्ज । मधेस प्रदेशमा चिकित्सक र स्वास्थ्यकर्मीको तलब भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटीले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।संघले मधेस प्रदेश सरकारलाई ७२ घण्टाभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीको बाँकी तलब भुक्तानी गर्न अल्टिमेटम दिएको थियो। तर, सरकारको बेवास्ताका कारण बिहीबार र शुक्रबार (चैत्र २१ र २२ गते) प्रादेशिक अस्पताललगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिने संघका अध्यक्ष डा. निरज कुमार सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।मधेस प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। प्रादेशिक अस्पताल मलंगवा, सर्लाही: ४ महिनादेखि तलब रोकिएको छ।प्रादेशिक अस्पताल कलैया, बारा: ४ महिनादेखि तलब नपाएको। बालरोग विशेषज्ञ डा. रमेश खतिवडा, नेत्ररोग विशेषज्ञ डा. ऋचा मण्डलसहित ८ चिकित्सक प्रभावित। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा: २ महिनादेखि तलब नपाएको। १८ चिकित्सक र १७ स्वास्थ्यकर्मी प्रभावित। रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान: ४ महिनादेखि तलब रोकिएको। ६ चिकित्सक र ६ स्वास्थ्यकर्मी समस्यामा। प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरी: ४ महिनादेखि तलब नपाएको। १४ चिकित्सक र स्वास्थ्यकर्मी प्रभावित। लालबन्दी अस्पताल, सर्लाही: ४ महिनादेखि तलब रोकिएको। ७ चिकित्सक समस्यामा। अन्य पीएचसीहरू: कोहली पीएचसी बारा, पीएचसी महेन्द्रनगर धनुषा, गंगा पिपरा पीएचसी रौतहट, बरहथवा पीएचसी सर्लाहीमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको तलब रोकिएको छ।संघले मधेस प्रदेश सरकारलाई ७२ घण्टाभित्र समाधान नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। संघका अध्यक्ष डा. सिंहले “बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको” बताउँदै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।स्वास्थ्य सेवा बन्द भएसँगै मधेस प्रदेशका बिरामीहरूले आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा नपाउने स्थिति सिर्जना भएको छ। सर्वसाधारणले यस समस्याको तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >