एनपीएलमा सट्टेबाजी गर्नेहरू धमाधम पक्राउ पर्दै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिगप्रति दर्शकको जति उत्साह छ अनलाइन सट्टेबाजी गर्नेहरूको जगजगी पनि उस्तै देखिएको छ । 

एनपीएलमा सट्टेबाजी गर्ने र खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ । कतिसम्म भने स्पट फिक्सिङका लागि खेलाडीलाई एक करोड रूपैयाँसम्मको प्रस्ताव गरेको पाइएको छ । पक्राउ पर्ने १० मध्ये ९ जना भारतीय नागरिक हुन् । उनीहरू सट्टेबाजी गराउनकै लागि भारतबाट आएकोसमेत खुलेको छ ।

एनपीएलमा खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत सम्पर्क गरेर अनुचित प्रभाव पार्न खोजेको आरोपमा प्रहरीले मैसिर ३ गते एक नेपाली र एक भारतीयलाई पक्राउ गर्‍यो । स्पट फिक्सिङका लागि खेलाडीलाई १ करोड रूपैयाँसम्मको प्रस्ताव गरेको देखिएपछि भारतको हरियाणाका दिलप्रित सिंह र नेपाली युवती रेविकासिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी प्रत्येक बलको आधारमा ‘बेटिङ’ अर्थात् सट्टेबाजी चलाइरहेको आरोपमा ८ जना भारतीय मंसिर ६ गते पक्राउ परे । पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश घर भइ अहिले काठमाडौं बस्दै आएका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार, सेख चन्द बसल हुन् । 

उनीहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटबाट प्रकाउ परेका हुन् । उनीहरूले ‘स्टेक डटकम’ र ‘बेटबुक डटकम’ जस्ता वेबसाइटमार्फत झन्डै २ करोड ५ लाख रूपैयाँ बराबरको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

फिक्सिङका आधारमा निश्चित समूहले सट्टेबाजी लगाउने र परिणाम आफ्नो पक्षमा पारेर रकम असुल गर्ने गतिविधिबारे प्रशासन र अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी निकाय आईसीसीले निगरानी गर्ने गरेका छन् । नेपाल प्रहरीले अहिले पनि सट्टेबाजी लगाउनेहरुको निगरानी गरिरहेको छ । तर पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले प्राविधिक अपराध अनुसन्धानमा सरकारले अझै पर्याप्त लगानी गर्न नसकेको बताउनुभयो ।

एनपीएल सुरू भएकै दिन खेलाडीलाई अवैध प्रस्ताव र समूहगत रूपमै बेटिङ्का लागि भारतबाट सट्टेबाजहरू आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । खेलाडीलाई प्रलोभनमा पारेर सट्टेबाजीका लागि प्रयोग गर्ने माध्यमबारे पनि अनुसन्धान भइरहेको छ ।

ताजा खबर

लोकप्रिय

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >