प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीन जना कर्मचारी बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् ।

कानूनविपरीत बैंकलाई नोक्सानी पुर्याएको र उक्त कार्य लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरूपयोगमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीले तीन जनालाई पक्राउ गरेको हो ।

शेरचनसहित प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा तीन जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । 

नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम प्रवाह गरी कर्जाको दुरूपयोग गरेको आरोप तीनै जनामाथि लागेको छ । सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । ९८ करोड रूपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

लोकप्रिय

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >