राजनीतिक व्यक्तित्वसँग बयान लिन के गरिरहको छ त आयोग ?

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205

काठमाडौं । गत भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले छानबिन अन्तिम चरणमा पुगेको दाबी गरिरहेको छ । 

तर तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतका राजनीतिक नेतृत्वसँग भने बयान लिन सकेको छैन । आयोगको समयसीमा अब २४ दिन बाँकी छ । राजनीतिक व्यक्तित्वसँग बयान लिन के गरिरहको छ त आयोग ? कहिले लिन्छ बयान ? भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले छानबिन अन्तिम चरणमा पुर्याइसक्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान कसरी लिने भन्नेमा अझै अन्योलमा छ । 

तर आयोग अझै भनिरहेको छ- अब राजनीतिक नेतृत्वको बयान सुरू हुन्छ । तर कहिले लिन्छ त बयान ? त्यसो त अहिलेसम्म पनि आयोगले ओली, लेखकलगायतलाई स्थानहद तोकेको पत्रसमेत उपलब्ध गराएको छैन । न राहदानी रोक्का राखिएको जानकारी नै दिएको छ । 

तत्कालीन गृहमन्त्री लेखकले कुनै सूचना जानकारी र पत्र प्राप्त नगरेको र स्थान हद तोकिएको र राहदानी रोक्का भएको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको जिकिर गर्नुभयो । पू्वप्रधानमन्त्री ओलीले पनि आफूलाई त्यस्तो कुनै पत्र प्राप्त नभएको बताउनुभएको छ। ओलीको सचिवालयले पनि सोहि कुरा दोहोर्‍याएको छ। 

आयोगले सुरक्षाकर्मी र प्रशासनिक नेतृत्व गरी अहिलेसम्म २४ जनाको मात्र बयान लिएको छ भने पहिलो चरणको बयानको काम सकिएको जनाएको छ । आयोगलाई सरकारले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गरेर तथ्यसहितको प्रतिवेदन बुझाउने कार्यादेश दिएको छ । अब आयोगको समयसीमा २४ दिन बाँकी छ । 

यो अवधिमा सबै काम सकेर आगामी दिनमा यस्ता घटना हुन नदिन गरिनुपर्ने कानुनी सुधारबारे सुझावसहितको प्रतिवेदन आयोगले बुझाउनु पर्नेछ ।

ताजा खबर

लोकप्रिय

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >