कांग्रेस केन्द्रीय समितिको बैठक आठौं पटक स्थगित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आठौं पटक स्थगित भएको छ । 

१५औँ महाधिवेशन नियमित गर्ने कि विशेष भन्ने विषयमा कुरा नमिल्दा बैठक आठौं पटक स्थगित भएको हो । भोलि अर्थात् आइतबारका लागि बोलाइएको बैठक पनि सूचना निकालेर सोमबारसम्मका लागि स्थगित गरिएको छ । महाधिवेशनको कार्यतालिका तय गर्न गत असोज २८ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दै आएको छ । तर १२ वटा बैठक बस्दा पनि कुरा मिल्न सकेको छैन । 

पटक-पटक गरी ८ पटक त बैठक नै सारिएको छ । केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले कार्यतालिकाबारे छुट्टा-छुट्टै प्रस्ताव पेस गरेका छन् । नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने भन्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसमेत बुझाइसकेका छन् । तर संस्थापन पक्षले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राखेको छ । 

महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने नियमित नगर्ने भए विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका छन् । सभापति शेरबहादुर देउवाले विवाद मिलाउने प्रयास गरिरहे पनि अझै सहमति जुट्न सकेको छैन । आज पनि नेताहरूबीच दिनभर छलफल भए पनि सहमति जुट्न नसकेपछि भोलिका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >