ग्रेटर नेपालले माग्यो चीनको नैतिक समर्थन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
336516614_6181860618542291_512422744548835344_n

सी चिनफिङ तेस्रो कार्यकालका लागि जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा चयन भएकामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाई ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ । हङकङ र मकाओको शान्तिपूर्ण एकीकरण गरी चीनले आफ्नो राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको ऐतिहासिक घटनालाई नेपालीले अत्यन्त चासोका साथ हेर्दै र समीक्षा गर्दै आइरहेको र यो नेपालीका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहको छ भन्दै मोर्चाले यसैबाट प्रेरित भई सन् १८१६ मार्च ४ मा नेपालले गुमाएको ६०००० वर्ग किलोमिटर भन्दा बढी जमिन फिर्ता लिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उठाएको आवाजतिर चिनियाँ राष्ट्रपतिको ध्यानाकर्षण गर्न चाहेको उल्लेख गरेको छ । मोर्चाले राष्ट्रपति सीसमक्ष यसलाई कसैको विरोधका रूपमा होइन नेपालीमात्रको अन्तरात्माको आवाजका रूपमा लिइदिन अनुरोध समेत गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले मोर्चा एक चीन नीतिप्रति सधैँ दृढ रहँदै आएको बताउँदै चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सीको चयन चिनियाँ जनताका लागि जति हर्षको कुरा हो, नेपालीका निम्ति पनि उत्तिकै रोमाञ्चक घटना हो भनेको छ । नेपाल र चीनबीचको मित्रता सगरमाथाजस्तै उच्च र नीलो आकाशजस्तै खुला हुनुपर्छ भन्ने धारणा राखेको बताउँदै मोर्चाले नेपाल र चीन एकअर्कामा अनन्य मित्र रहेसम्म कसैले केही गर्न सक्तैन भन्ने आत्मविश्वासलाई सधैँ कायम गर्नेतर्फ नेपाल र चीनले अलिकति पनि कसर बाँकी राख्न हुँदैन भन्ने कुरामा जोड दिएको छ । इन्डियासँग सम्बन्ध बिगार्नसक्ने यस विषयमा चीनको समर्थनको अपेक्षा गर्नु कति व्यावहारिक छ भन्ने प्रश्नको उत्तरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हङकङ र मकाओ फिर्ता लिनसक्ने चीनले ग्रेटर नेपालका पक्षमा नैतिक समर्थन गर्ने आशा गरेको बताउँदै आफूले चीनसँग पैसा र हतियार होइन समान विषयमा उस्तै धारणाको अपेक्षामात्र गरेको बताएका छन् ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >