बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बरैनियाबाट प्रहरी निरीक्षक गणेश खत्रीको कमाण्डमा खटिएको टोलीले सीमावर्ती क्षेत्रमा चेकजाँच तथा निगरानी गर्ने क्रममा गाँजा र मोटरसाइकल बरामद गरेको हो।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएको जनाइएको छ। फरार तस्करको पहिचान तथा खोजीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको करिब ५ केजी गाँजा र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषधको ओसारपसार बढ्न नदिन निगरानी, गस्ती तथा चेकजाँचलाई थप कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


