रणधीर र बबिता ३५ वर्षपछि फेरि सँगै बस्न थाले

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Capture

कुनै बेलाका चर्चित बलिउड जोडि रणधीर कपुर र बबिताको जोडी एकपटक फेरि चर्चामा छ।अभिनेत्री करिना कपुर र करिश्मा कपुरको मातापिता रणधीर तथा बबिता छुटेको ३५ वर्षपछि एकसाथ देखिएका कारण चर्चा भएको हो। भारतिय अनलाई पोर्टल अमर उजालामा प्रकाशित समाचारअनुसार रणधीर र बबिता करिव साढें तीन दशकपछि एक साथ बस्न थालेका हुन्। यो खबरले करिष्मा र करिनाका साथै, उनीहरुको शुभेच्छुकको मुहारमा पनि खुसी थपेको छ। आफूहरु सानै छँदा अलगिएका मातापिताको पुनर्मिलनमा करिष्मा र करिना निकै खुसी छन्।

फिल्म कल आज और कलबाट नजिकिएका रणधीर र बबिताले ८० को दशकमा विवाह गरेका थिए। उनीहरु यतिसम्म नजिकिएका थिए कि रणधीरले आप्mनो परिवारविरुद्ध गएर बबिताका साथ विवाह गरेका थिए भने बबिताले विवाहपछि फिल्म नखेल्ने शर्तमा दाम्पत्य जीवन शुरु गरेकी थिइन्। सोही कारण बबिता विवाहपछि फिल्मबाट टाढा भएकी थिइन्।

दुई छोरी करिष्मा र करिनाको जन्मपछि वैवाहिक जीवनमा खटपट भएका कारण बबिता आप्mना दुई छोरी लिएर रणधीरको घरबाट निस्किएर लोखंड्वालास्थित एक अपार्टमेन्टमा बस्न थालेकी थिइन्। उनीहरुले एक अर्कासँग टाढा रहे पनि कानुनीरुपमा डिभोर्स भने गरेका थिएनन्।तर, अब भने उनीहरु बान्द्रास्थित घरमा करिब सात महिनादेखि सँगै बसिरहेको समाचारमा उल्लेख छ।नेपाल समचारपत्रमा खबर छ ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >