छपकैया नाकामा तस्करी मौलाउँदै, प्रहरीकै संलग्नताको आरोप

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20260130_174540

वीरगन्ज— पर्सा जिल्लाको छपकैया नाकामा भारत–नेपाल सीमा हुँदै व्यापक तस्करी भइरहेको र त्यसमा प्रहरीकै संलग्नता रहेको गम्भीर आरोप लागेको छ।प्रहरी स्रोतलाई उद्धृत गर्दै स्थानीयहरूले दिएको जानकारी अनुसार प्रहरी चौकी छपकैया अन्तर्गत घुमुवा प्रहरी उपेन्द्र यादव विगत ८ महिनादेखि सोही स्थानमा कार्यरत छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सरुवा सूचीमा नाम निकाले पनि उनी हालसम्म नहटेको आरोप छ।स्थानीयको दाबी अनुसार घुमुवा यादवले कपडाको प्रत्येक गाठोमा ७०० रुपैयाँ असुली गर्ने गरेका छन्। दैनिक करिब ८० देखि ९० वटा गाठा आवतजावत हुने गरेको बताइन्छ। यसरी महिनामा २० देखि २५ लाख रुपैयाँसम्म अवैध रकम संकलन हुने गरेको आरोप लगाइएको छ।प्रहरी चौकी छपकैया का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक (प्र.बा.ना.नि.) मदन मलको मिलोमात मा तस्करी भएरहेको छ छपकैया नाकाबाट भारततर्फ लसुन, टायरलगायतका सामग्री तस्करी भइरहेको तथा भारतबाट कपडा, खैनी, कुखुराको चल्ला, चिनी, हार्डवेयर, काजु, रजनीगन्धा, चाइनिज लसुन, नेपालमा प्रतिबन्धित फर्मालिन प्रयोग गरिएका माछा, किराना सामान, प्याज र चौपाया निर्वाध रूपमा भित्रिरहेको आरोप छ।यस कार्यमा हरदेव यादव, जितु, रञ्जित, पशुपति यादव, उत्तम तिवारी, सञ्जय चौरसिया, सन्दिप चौरसिया, तारकेश्वर, दिनेश, हरिन्दर, शत्रुधन, अरुण साह, रुन्मदन, बाले, राजेश, लखिचन, धर्मेन्दर, सुरिन्दर साह, रामरहिम, रविन्दर, यूनिस, मुना, तामान्ना, गजानन्द, सुनिल, जटाधारी, अविनाश, मन्जु, वकिल, बबन ठाकुर, ललिता ग्रुप, शोभा ग्रुप, चान्दा ग्रुप र सुवास तिवारीलगायतको गिरोह सक्रिय रहेको दाबी गरिएको छ।यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >