छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20260217_182724

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत फ.ओ.बि छतवामा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सिबा हरी खत्रीको मिलेमतोमा तस्करी भइरहेको दाबी गरिएको छ।आरोपअनुसार सशस्त्र प्रहरी उपनिरीक्षकबाट तस्करी नियन्त्रणका लागि निर्देशन भए पनि व्यवहारमा भने तस्करी रोकिएको छैन। विभिन्न तस्कर समूहहरूले मोटरसाइकलमार्फत भारतबाट सामान ओसार–पसार गरिरहेको बताइएको छ।स्थानीय स्रोतका अनुसार काजुका २ मोटरसाइकल, चकलेटका ४, सुर्ती–सुपारीका ३, सदाम मियाँ समूहद्वारा कपडाका २, अन्य कपडाका ३ तथा चिनी, मरिच र ड्राइ फुडका करिब १० मोटरसाइकल दैनिक रूपमा भित्रिने गरेका छन्। त्यस्तै गणेश नामक व्यक्तिले मरिच तथा किराना सामग्री २ मोटरसाइकल र १० भन्दा बढी मोटरसाइकलमार्फत अन्य किराना सामान ओसार–पसार गर्ने गरेको आरोप छ।स्रोतहरूले यी गतिविधिबाट मासिक १० देखि १२ लाख रुपैयाँसम्म असुली हुने गरेको दाबी गरेका छन्। छतवा क्षेत्र हुँदै प्रसौनीसम्म दैनिक करिब १५ लाख रुपैयाँ बराबरको सामान भित्रिने गरेको स्थानीयको भनाइ छ।यस प्रकारको अवैध तस्करीले सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा अवस्थासँगै राज्यको राजस्व संकलनमा समेत गम्भीर असर परेको स्थानीयको आरोप छ।यद्यपि, यस विषयमा सम्बन्धित सुरक्षा निकायको आधिकारिक धारणा आउन बाँकी रहेको छ। स्थानीयहरूले आरोपको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरोकारवाला निकायसँग माग गरेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >