रणधीर र बबिता ३५ वर्षपछि फेरि सँगै बस्न थाले

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Capture

कुनै बेलाका चर्चित बलिउड जोडि रणधीर कपुर र बबिताको जोडी एकपटक फेरि चर्चामा छ।अभिनेत्री करिना कपुर र करिश्मा कपुरको मातापिता रणधीर तथा बबिता छुटेको ३५ वर्षपछि एकसाथ देखिएका कारण चर्चा भएको हो। भारतिय अनलाई पोर्टल अमर उजालामा प्रकाशित समाचारअनुसार रणधीर र बबिता करिव साढें तीन दशकपछि एक साथ बस्न थालेका हुन्। यो खबरले करिष्मा र करिनाका साथै, उनीहरुको शुभेच्छुकको मुहारमा पनि खुसी थपेको छ। आफूहरु सानै छँदा अलगिएका मातापिताको पुनर्मिलनमा करिष्मा र करिना निकै खुसी छन्।

फिल्म कल आज और कलबाट नजिकिएका रणधीर र बबिताले ८० को दशकमा विवाह गरेका थिए। उनीहरु यतिसम्म नजिकिएका थिए कि रणधीरले आप्mनो परिवारविरुद्ध गएर बबिताका साथ विवाह गरेका थिए भने बबिताले विवाहपछि फिल्म नखेल्ने शर्तमा दाम्पत्य जीवन शुरु गरेकी थिइन्। सोही कारण बबिता विवाहपछि फिल्मबाट टाढा भएकी थिइन्।

दुई छोरी करिष्मा र करिनाको जन्मपछि वैवाहिक जीवनमा खटपट भएका कारण बबिता आप्mना दुई छोरी लिएर रणधीरको घरबाट निस्किएर लोखंड्वालास्थित एक अपार्टमेन्टमा बस्न थालेकी थिइन्। उनीहरुले एक अर्कासँग टाढा रहे पनि कानुनीरुपमा डिभोर्स भने गरेका थिएनन्।तर, अब भने उनीहरु बान्द्रास्थित घरमा करिब सात महिनादेखि सँगै बसिरहेको समाचारमा उल्लेख छ।नेपाल समचारपत्रमा खबर छ ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >