रौतहटमा जनमत पार्टीले बजेटको बिरुद्धमा प्रदर्शन गर्दै जलायो बजेटको प्रतिलिपि।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1687785737

रौतहट ।। आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरूले बजेटको प्रतिलिपि जलाएका छन्।

सोमवार अपराह्न २ बजे जनमत पार्टीका नेता कार्यकर्ताहरु सदरमुकाम गौरमा मधेश बिरोधी बजेटको बिरुद्धमा प्रदर्शन गर्दै नगर परिक्रमा गरि मधेशी क्रान्ति चौकमा बजेटको प्रतिलिपि जलाएका हुन्। 
 जनमत पार्टी रौतहटका निर्वतमान जिल्ला सचिव बिकास कुमार यादवले भन्ने आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ल्याएको बजेटमा मधेस प्रदेशलाई उपेक्षा गरि सबैभन्दा कम बजेट विनियोजन गरिएकोले विरोध गरिएको हो। संघीय सरकारले बजेट संशोधन नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीपनि दिएका छन्। 

सरकारले मधेसी जनताबाट करमात्रै उठाउने तर मधेसलाई बजेट नदिने प्रवृति दोहोरयाएर अहिलेको सरकारले बजेट ल्याएकोले उक्त बजेट बजेट जलाइएको यादवले बताए। 

प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबन्त कुशवाहा, नेता अशोक कुमार सिंह, बिरेन्द्र साह पुर्व जिल्ला ईन्चार्ज बिनय कुमार वर्मा, जिल्ला इन्चार्ज बृजकिशोर यादव लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

ताजा खबर

लोकप्रिय

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >

‘चाकडी होइन, इमानदारीको बाटो’: एसपी रविन कार्की: ‘शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन

’धिरज यादवरौतहट, मंसिर १८।नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता

पुरा पढ्नुहोस >