रौतहटमा जनमत पार्टीले बजेटको बिरुद्धमा प्रदर्शन गर्दै जलायो बजेटको प्रतिलिपि।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1687785737

रौतहट ।। आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरूले बजेटको प्रतिलिपि जलाएका छन्।

सोमवार अपराह्न २ बजे जनमत पार्टीका नेता कार्यकर्ताहरु सदरमुकाम गौरमा मधेश बिरोधी बजेटको बिरुद्धमा प्रदर्शन गर्दै नगर परिक्रमा गरि मधेशी क्रान्ति चौकमा बजेटको प्रतिलिपि जलाएका हुन्। 
 जनमत पार्टी रौतहटका निर्वतमान जिल्ला सचिव बिकास कुमार यादवले भन्ने आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ल्याएको बजेटमा मधेस प्रदेशलाई उपेक्षा गरि सबैभन्दा कम बजेट विनियोजन गरिएकोले विरोध गरिएको हो। संघीय सरकारले बजेट संशोधन नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीपनि दिएका छन्। 

सरकारले मधेसी जनताबाट करमात्रै उठाउने तर मधेसलाई बजेट नदिने प्रवृति दोहोरयाएर अहिलेको सरकारले बजेट ल्याएकोले उक्त बजेट बजेट जलाइएको यादवले बताए। 

प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबन्त कुशवाहा, नेता अशोक कुमार सिंह, बिरेन्द्र साह पुर्व जिल्ला ईन्चार्ज बिनय कुमार वर्मा, जिल्ला इन्चार्ज बृजकिशोर यादव लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >