बीरगंज । २१ – मंसिर// मधेश एक्सप्रेस
भारतसँग सिमा जोडिएको बाराका विभिन्न नाका हुँदै अवैध रुपमा हुने सामग्री ल्याउने कार्य अर्थात तस्करी बढ्दै गएको छ ।
बाराको विश्रामपुरस्थित मुसहर्व नजिकै रहेको बलिरामपुर प्रहरी चौकीका प्रमुखसँगको र बि.ओ.पी.बरैनिया को प्रमुख मिलोमतोमा तस्करी कारोबारीहरुको गिरोहले साइकल, मोटरसाइकल, ट्राक्टर र चार पाङ्ग्रे सवारीसाधनसमेतको प्रयोग गरेर विभिन्न सामग्रीहरु अवैध रुपमा नेपाल भित्र्याईरहेका छन् ।
तस्करहरुले बालिरामपुर चौकीका प्रमुख सई शिवजी प्रसाद यादव र बि . ओ. पी. बरैनियाका प्रमुख स.प्रहरी निरीक्षक दिपक थापा आर्थिक प्रलोभनमा पारेर तस्करी गरिरहेको स्थानीयहरुको गुनासो छ । प्रहरीबाट छुट पाएपछि तस्करहरुले दैनिक सिमापारी भारतबाट काजु ,केराव , साडी, सर्टपाइन्टको कपडा, रेडिमेट लेडिज सुट, पारचुनका सामान, मोटरपार्टस, चिनी, चामल, दाललगायत दैनिक उपभोग्य सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस, स्टिल र प्रतिबन्धित कुखुराको चल्ला, लागूऔषध सहितका सामानहरु सहजै नेपाल भित्र्याउने गरेको स्थानीय बताउँछन् ।
स्थानीय अनुसार तस्करहरुले रातीको समय मात्र नभएर दिउँसै अवैध रुपमा सामग्रीहरु नेपाल भित्र्याउने गरेका छन् । तस्करहरुले यसरी दिनदहाडै सामग्री लिएर आउँदासमेत प्रहरीले कुनै कारवाही नगरेको उनले बताए ।
स्थानीय प्रहरी इकाईका प्रमुखले तस्करहरुसँग आर्थीक लाभ लिएर पिकअप भ्यान, मिनी ट्रक, मोटरसाइकल, ट्राक्टर, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौं मूल्यका बस्तुहरु दैनिक नेपाल भित्र्याउन दिएको स्थानीय बताए । सई शिवजी प्रसाद यादव र स. प्रहरी निरीक्षक दीपक थापा तस्करहरुले लाखो मासिक रुपमै पैसा दिने गरेको समेत स्थानीयले आरोप लगाए ।
तस्करी मार्फत सामग्री नेपाल भित्रिँदा नेपाल सरकारले दैनिक लाखौँ रुपैयाँ राजश्व गुमाइरहेको छ ।

